8 years ago
November 9, 2017
बार्सिलोना (एजेन्सी) – ब्राजिलियन फरवार्ड नेयमार यस सिजन बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) सँग आबद्ध भएका थिए । तर लियोनल मेस्सीलाई भने अन्तिम समयसम्म पनि नेयमार जाँदैछन् भन्ने थाहा नभएको बताउँछन् ।
यस अघि बार्सिलोनाका जाभी र जेरार्ड पिकेले नेयमारले आफ्नो निर्णय मेस्सीकै विवाहको बेला आफूलाई सुनाएको बताएका थिए । तर मेस्सी स्वयम् भने सो निर्णयबाट अनवगत रहेको बताउँछन् ।
‘साँच्चै भन्नु पर्दा मलाई नेयमारको निर्णयबारे केहि जानकारी थिएन । अमेरिकाको भ्रमणका बेला उनले मलाई आफू दोधारमा रहेको मात्र बताएका थिए । तर पछि अन्य साथीहरुबाट थाहा पाउँदा उनले पहिल्यै निर्णय लिइसकेका रहेछन्,” मेस्सीले इएसपिएनसँगको अन्तर्वातामा बताए ।
त्यस्तै लुइस स्वारेजले पनि आफूले नेयमारलाई नछोड्न आग्रह गरेको बताए । ‘मैले नेयमारलाई नजाऊ भनिनँ तर बार्सिलोना नछोडेको राम्रो भनेर पटक-पटक सम्झाएँ,” स्वारेजले बताए । स्थापित भइसकेको मित्रताका कारण नेयमारले छोडेर जाँदा दु:ख लागेको समेत स्वारेजले जनाए ।
नेयमार पिएसजी आएयता निकै राम्रो लयमा छन् । उनले पिएसजीका लागि ७ गोल पनि गरिसकेका छन् भने बार्सिलोना पनि लयमा देखिएको छ । ११ खेलमा ३१ अंक बटुल्दै बार्सिलोना ला लिगाको अग्रस्थानमा रहेको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]