default_image

8 years ago

November 11, 2017

चन्द्रागिरि गोल्डकप मंगलबारदेखि

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरि नगरपालिकामा अवस्थित ब्राइट युथ क्लबको आयोजनामा पहिलोपटक ‘ए’ डिभिजन स्तरीय चन्द्रागिरि गोल्डकप हुने भएको छ ।

आयोजक ब्राइट युथ क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पहिलो चन्द्रागिरि गोल्डकप यही मंगलबार अर्थात कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा आयोजकको एक टिमसहित ‘ए’ डिभिजनका ८ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रमेश बुढाथोकीले जानकारी गराए ।

नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका एक टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, हिमालयन शेर्पा, फ्रेन्डस् क्लब, जाउलाखेल युथ क्लब, नेपाल एपिएफ क्लब र आयोजक ब्राइट युथ क्लबको सहभागिता रहने छ ।

समूह ‘ए’ मा ब्राइट युथ क्लब, फ्रेन्डस् क्लब, नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, हिमालयन शेर्पा र नेपाल एपिएफ क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख नगदसहित गोल्ड ट्रफी प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको हरेक म्याच खेल्ने टिमले तयारी स्वरुप ३० हजार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले जानकारी गराए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३०–३० हजार प्राप्त गर्ने छन् । हरेक खेलका ‘म्यान अफ दि म्याच’ले ३ हजार प्राप्त गर्ने छन् । प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । हिरोकी प्रतिनिधि शीतल दाहालले खेल कस्तो हुने त्यसको माइलेज हेरेर अर्काे पटकदेखि मोटरसाइकल प्रदान गर्ने जानकारी गराईन् ।

यस्तै प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकाको युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ । प्रतियोगिताको लागि करिब ५५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको सबै खेल नैकापस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राइट युथ क्लब र फ्रेण्डस् क्लबबीच दिउसो २ बजेपछि हुनेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.