default_image

8 years ago

November 29, 2017

साफ महिला यू–१५ फुटबल – नेपालको पहिलो खेल बंगलादेशसँग

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक बंगलादेशसँग खेल्दै साफ महिला यू १५ फुटबल प्रतियोगिताको सुरुआत गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुन लागेको महिला यू–१५ फुटबलको खेल सार्वजनिक हुँदा नेपाल र बंगालदेशबीच डिसेम्बर १७ मा खेल हुने तय भएको छ ।

 

ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा हुने प्रतियोगितामा डिसेम्बर १९ को दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । त्यसको दुई दिनपछि अर्को खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहेको छ । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्वर २४ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.