8 years ago
December 1, 2017
इटहरी (हाम्रो खेलकुद)– इटहरी गोल्डकप फुटबल प्रतियोगिता अब मदन भण्डारी मेमोरियल गोल्डकपका नाममा सञ्चालन हुने भएको छ । प्रतियोगिता यसअघि दानबहादुर स्मृती, हृदयेन्द्र गोल्डकप र पछिल्लो समयमा इटहरी गोल्डकपका नामबाट सञ्चालन हुदै आएको थियो ।
पुनः नाम परिवर्तन गर्दै प्रतियोगिता अब अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको नाममा सञ्चालन गर्ने आयोजक राष्ट्रिय जागृती क्लबका अध्यक्ष संजीव ढुंगानाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको पहिलो संस्करण अर्को महिनाको दोस्रो साता आयोजना हुने अध्यक्ष ढुंगानाले जानकारी दिए । इटहरी गोल्ड कपको पुरस्कार राशी मोफसलको सर्वाधिक राशीको हुने बताइएको छ । यसपटकको विजेताले ११ लाख र उप विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसअघि सर्वाधिक रहेको मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्दै आएको छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले इटहरीलाई स्पोर्टर्स सिटी बनाउने अभियानमा प्रतियोगिताले सेतुको काम गर्ने वताउनुभयो । प्रतियोगितामा ए डिभिजन क्लब, स्थानियन, भारतका गरि १० टोलीको सहभागिता रहने बताइएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]