8 years ago
December 1, 2017
ब्युनोस आइरेस (एजेन्सी) – बार्सिलोनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीका दाजु माटियास मेस्सीलाई प्रहरीले खोजि गरिरहेको अर्जेन्टिनी समाचार श्रोतहरुले जनाएको छ । उनको नाउमा बन्दूक भेटिनुका साथै रगतका दाग हरु भेटिएपछि ३५ वर्षीय माटियासलाई अर्जेन्टिनी प्रहरीले खोजि गरिरहेको छ ।
माटियासले नाउमा दुर्घटनामा परेको बताएपनि हतियार भेटिएका कारणले उनलाई सोधपुछकालागि हिरासतमा लिन आदेश आएपनि अर्जेन्टिनी प्रहरीले उनको स्थान पता लाउन सकेको छैन ।
कानुनि समस्यामा परेको माटियासको यो पहिलो पटक भने हैन । अघिल्लो बर्ष उनलाई गाडीमा बन्दुक सहित प्रहरीले भेटेको थियो । त्यस्तै उनलाई लागु पदार्थ र मादक पदार्थको सेवनबाट रोक लगाउँदै यसअघि ४ सय ७० युरो जरिमाना लगाइएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]