default_image

8 years ago

December 2, 2017

बार्सिलोना सेल्टा भिगोको सामना गर्दै

94 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिश लिगको पहिलोमा रहेको बार्सिलोना आज नवौं स्थानमा रहेको सेल्टा भिगोको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा खेलिने सो खेल नेपाली समयअनुसार ५.४५ बजे सुरु हुने छ ।

messi juventus

बार्सिलोनाका लागि आज जेरार्ड पिके प्रतिबन्ध पछि लिगमा फर्किँदै छन् । त्यस्तै मिडफिल्डमा पौलिन्होले पाको अल्कासेरको स्थान लिने देखिन्छ । डिफेन्समा एलेक्स भिडालले मौका पाउने सम्भावना छ भने अग्रपंक्ति लियोनल मेस्सी र लुइस स्वारेजले सम्हाल्ने छन् ।

भ्रमणकारी टोलीका लागि जोनी प्रतिबन्धित छन् भने डिफेन्डर सेर्जि गोमेज घाइते छन् । १३ खेलमा ५ जितका साथ सेल्टा भिगोको १७ अंक रहेको छ । त्यस्तै बार्सिलोना भने ३५ अंकका साथ अग्रस्थानमा छ । बार्साले पछिल्ला १८ घरेलु खेलहरु सबैमा जित दर्ता गर्न सफल भएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.