8 years ago
December 2, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज चौथोमा रहेको आर्सनलको सामना गर्दै छ । आर्सनलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ ।
आर्सनलका लागि मुख्य स्ट्राइकर एलेक्जान्डर लाकाजेट घाइते छन् । उनको स्थान ओलिभर जिरुडले लिने छन् । त्यस्तै युनाइटेडका लागि पनि डिफेन्डरद्वय फिल जोन्स र एरिक बाई घाइते छन् । आर्सनलले पछिल्ला १२ घरेलु खेलहरुमा जित दर्ता गरेको छ ।
त्यस्तै बेलुका ६.१५ बजेको ‘अर्लि किक-अफ’मा तेस्रो स्थानमा रहेको चेल्सीले न्युकासलको सामना गर्ने छ । आफ्नो घरेलु मैदानमा चेल्सीले न्युकासलविरुद्ध अघिल्ला चार खेलमा जित् दर्ता गर्न सफल रहेको छ ।
त्यस्तै टोटनह्यामलाई वाटफोर्डले आफ्नो घरेलु मैदानमा ८.४५ बजे निम्त्याउँदै छ । सोही समयमा अघिल्लो खेलमा स्टोक सिटीलाई ३-० ले हराएको लिभरपुल ब्राइटनको सामना गर्दै छ ।
आज प्रिमियर लिगमा खेलिने अन्य खेलहरु:
लेस्टर विरुद्ध बर्नली – ८.४५ बजे
स्टोक विरुद्ध स्वान्सि – ८.४५ बजे
वेस्ट ब्रोम विरुद्ध क्रिस्टल प्यालेस – ८.४५ बजे
एभर्टन विरुद्ध हडर्सफिल्ड – ८.४५ बजे
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]