8 years ago
December 2, 2017
स्ट्रासबर्ग (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज १७ औं स्थानमा रहेको स्ट्रासबर्गको सामना गर्ने छ । स्ट्रासबर्गको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार ९.४५ बजे सुरु हुने छ ।
पिएसजीका मुख्य खेलाडिद्वय एडिन्सन काभानी र नेयमारलाई यस खेलमा विश्राम दिइने सम्भावना रहेको छ । उनीहरुको अनुपस्थितिमा किलियन बाप्पेले एन्जल डि मारिया र जुलियन ड्राक्सलरको साथमा अग्रपंक्ति सम्हाल्ने छन् ।
पिएसजीले यस सिजन आफ्ना १५ खेलमा १३ खेल जित्दै ४१ अंक बटुलेको छ । पिएसजी यो सिजन एक खेल पनि हारेको छैन र १५ अंकसहित १७ औं स्थानमा रहेको स्ट्रासबर्गसँग सहज जित दर्ता गर्दै सो लयलाई निरन्तरता दिन खोज्ने छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]