default_image

8 years ago

December 11, 2017

‘रोनाल्डोको रफ्तारले निरन्तरता पाउने आशा छ’ – जिदान

137 views

0 Bookmark

म्यड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राति २ गोल गरेपछि क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको तारिफ गर्दै यो साता उनका लागि सुखद रहेको बताएका छन् । घरेलु लिगमा पोर्चुगिज स्टार रोनाल्डोले राम्रो सुरुआत गर्न सकेका थिएनन् ।

उनले गए रातीको खेलअघि ला लिगमा २ गोलमात्र गर्न सकेका थिए । यद्दपी उनको क्षमतामा जिदानलाई पनि कुनै शंका थिएन । बारम्बार उनले रोनाल्डो छिट्टै फर्ममा फर्कने आशा व्यक्त गर्दै आएका थिए । उनको विश्वासमा रोनाल्डो खरो उत्रेका छन् । बराबरी अंकका साथ पाँचौं स्थानमा रहेको सेभियालाई हराउँदै रियल तेस्रो स्थानमा उक्लेको छ । जसमा रोनाल्डोको प्रदर्शन स्मरणीय रह्यो ।

बिहीबार मात्र रोनाल्डोले पाँचौं पटक बालोन डी ओरको उपाधि जितेका थिए । खेल सुरु हुनुअघि उनको नयाँ उपाधि प्रदर्शन गरिएको थियो । उनले लगातार दोस्रो वर्ष त्यो सफलता हासिल गरेका थिए । उनले मार्को एसेन्सियोको थ्रु बलमा पहिलो गोल गरे भने अर्को गोल पेनाल्टीमा गरे ।
रोनाल्डोले गोल गर्छन् भन्नेमा जिदानलाई शंका थिएन, मात्र त्यो समय कहिले आउछ भन्ने उनी प्रतिक्षामा थिए ।

‘यो साता उनका लागि सुखद रह्योे । आशा गरौं यो रफ्तारले निरन्तरता पाउनेछ ’ जिदानले भने,‘यद्दपी मैले पहिलो भनेको छु उनीसँग सचेत रहनु भनेर । मैले यो विना कारण भनिरहेको छैन । म उलाई राम्ररी बुझ्दछु । उनी गोल गर्न आतुर छन् भन्ने हरेक दिनको प्रशिक्षणमा देख्न सकिन्छ ।’

कहिले काही सोचे जस्तो प्रदर्शन हुन नसक्नुलाई स्वभाविक मान्ने जिदानले भने, ‘तर, पनि अरुले उनीसँग जहिले सचेत रहन जरुरी छ । सेभिल्लासँगको प्रदर्शनपछि उनले पुनरामगन गरे भनेर हामी भन्न सक्छौं । ’

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.