8 years ago
December 18, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर विभिन्न टिप्पणीहरु आउने गरेका छन् । प्रशिक्षक जिनेदिन जिदान भने क्लबका कीर्तिमानी स्ट्राइकर रोनाल्डोको खेल जीवनको अन्त्य सोही क्लबबाटै भएको हेर्न चाहन्छन् ।
३२ वर्षे रोनाल्डो भविष्यमा पुनः म्यानचेस्टर युनाइटेड फर्किन सक्ने वा करियरको अन्त्यतिर नयाँ अनुभवको खोजीमा रहन सक्ने हल्लाहरु चलिरहँदा जिदानले भने रोनाल्डोले रियलबाट सन्यास लिनुपर्ने बताएका छन् ।
‘रोनाल्डो करियरको अन्त्यसम्म रियलमा बस्नु हाम्रो लागि आवश्यक छ’ , जिदानले क्लब विश्व कप उपाधि जिते पछि पत्रकार सम्मेलनमा भने , ‘रियल नै उनको घर हो । हामी सबैलाई रोनाल्डोले खेलमा पार्न सक्ने प्रभावको अनुभव छ , तसर्थ रोनाल्डो रियलमा बस्नुपर्ने कारण हामीले बुझेका छौं ।’
त्यस्तै क्लब विश्व कपको उपाधि जित्दै नयाँ कीर्तिमान रचेका जिदानले आफ्नो ध्यान अब ला लिगा तर्फ रहेको बताए । उनले भने, ‘हाम्रो ध्यान ला लिगा तर्फ छ । सबैको ध्यान ला लिगामा हुने भएकोलृ हामीले पनि ध्यान दिन आवश्यक छ ।’ २०१७ मा ५ उपाधि जित्दै कीर्तिमान रचेको रियल म्याड्रिडले वर्षको अन्तिम खेलमा बार्सिलोनाको सामना गर्नेछ ।
घरेलु मैदानमा शीर्षस्थानको बार्सिलोनालाई पराजित गर्दै अंक दुरी घटाउने रियलको लक्ष्य रहनेछ । बार्सिलोनाको ३९ अंक छ भने चौथो स्थानमा रियलको ३१ अंक छ । दोस्रो स्थानमा एट्लेटिको म्याड्रिडको ३६ र तेस्रोमा रहेको भ्यालेन्सियको ३४ अंक छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]