8 years ago
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ ।
घरेलु टोलीलाई जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन् भने अनुचिङ मोगिनीले २ र मोनिका चाक्माले १ गोल गरिन् । मोनिकाको गोलबाट अग्रता लिएको बंगलादेशका लागि अनुचिङले १३ औं र तोहुराले ३२ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अनुचिङले अर्को गोल गरिन् । तोहुराले ६९ औ. र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । अर्को खेलमा भारतले भुटानलाई ३–० ले हराएको छ ।
खेल नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले मिडफन्डको कमजोरीका कारण पराजित हुनु परेको बताइन् । ‘छोटो समयको तयारी भएपनि खेलाडीले सन्तोषजनक प्रदर्शन गरे’, उनले भनिन्, ‘अर्को खेलमा यो भन्दा सुधार गर्नुपर्दछ । भारतविरुद्धको खेलमा नयाँ रणनीतिका साथ उर्तनुपर्ने हुन्छ ।’
बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटोनले खेलाडीले साचेअनुसारको प्रदर्शन गरेको र खेलअघि अन्य देशसंग खेलको मैत्रीपूर्ण खेलका कारण नेपालविरुद्ध खेल्न सजिलो भएको बताए । सहभागी ४ टोलीबीच राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले पुष ४ गते भारत र पुस ६ गते भुटानको सामना गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]