8 years ago
December 18, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलियन बाप्पेले च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई पिएसजीले हराउनेमा बिश्वस्त रहेको बताएका छन् ।
मोनाकोबाट पिएसजीमा लोनमा रहेका १८ वर्षे फ्रान्सेली फरवार्डले फ्रान्सेली टेलिभिजनसँगको अन्तवार्तामा च्याम्पियन्स लिगको अन्तिम १६ को भेट रियलसँग हुन लागेकोले त्यसमा आफ्नो कुनै गुनासो नरहेको बताएका छन् । बाप्पेले भने, ‘च्याम्पियन्स लिग जित्ने लक्ष्य लिएको टोलीले सबै बलियो टोलीलाई हराउने क्षमता राख्नु पर्दछ , रियल बलियो टोली मध्ये एक हो । त्यसैले रियलसँग खेल्नु पर्ने हुँदा मैले सामान्य रुपमा लिएको छुु । ‘
उनले रियलमाथि जित दर्ता गराउने विश्वास व्यक्त गरे । उनले थपे, ‘हामी रियललाई अवश्य पनि हराउने छौं । यो लक्ष्य सहज छैन तर फेब्रुअरीसम्म पूर्ण रुपले तयारीमा जुट्ने छौं ।’ च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फेब्रुअरी १५ मा पिएसजीले रियलको घरेलु मैदानमा खेल्नेछ । दोस्रो लेग फ्रान्सेली क्लबको मैदानमा हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]