8 years ago
December 19, 2017
म्याड्रिड (एजेन्सी) – क्लब विश्वकप जितेसँगै २०१७ मा पाँचौ उपाधि उचालेर कीर्तिमान रचेको रियल म्याड्रिडका खेलाडीले यो वर्ष आकर्षक बोनस पाएका छन् । स्पेनिस संचार माध्यम मार्साका अनुसार रियलको इतिहासमा खेलाडीले पाएको बोनस मध्ये यसपटकको अहिले सम्मकै सबै भन्दा बढी हो । रियलका खेलाडीले यो वर्ष जनही २ मिलियन युरो बोनस पाएका हुन् ।
१९८५/८६ देखि पहिलो पटक ला लिगा र च्याम्पियन्स लिग दुवै एकै सिजनमा जितेका खेलाडीले १.५ मिलियन युरो बोनस पाएका थिए । त्यस्तै युरोपियन र स्पेनिस सुपरकप लगायत केहि दिन अघि क्लब विश्व कप जित्दै करिब आधा मिलियन युरो बोनस जम्मा गरेका रियलका खेलाडीले यो वर्ष २ मिलियनको हाराहारीमा बोनस पाएका हुन् ।
।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]