8 years ago
January 11, 2018
म्याड्रिड (एजेन्सी) – गए राति स्पेनिश कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियासँग २-२ को बराबरी खेलेको छ । यस बराबरीका बावजुद रियल एग्रिगेटमा ५-२ को स्कोरसँगै क्वाटरफाइनलमा छनोट हुन सफल भएको छ ।
घरेलु टोली रियलका लागि खेलको ११ औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर नुमान्सियाका गुइलेर्मोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफमा पनि भाजक्वेजले ५९ औं मिनेटमा गोल गर्दै रियललाई पुन: खेलमा अग्रता दिलाए । तर ८२ औं मिनेटमा पहिलो हाफको जस्तै गुइलेर्मोले फेरि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यस बराबरीका बावजुद रियल क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । रियलले पहिलो लेगमा ३-० को सहज जित दर्ता गरेको थियो । सोहि नतिजाका कारण रियलले यस खेलमा केहि महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिएको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]