8 years ago
January 11, 2018
स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो ।
क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । त्यसमध्ये सबैभन्दा बढी मत रियल एवंम् स्पेनका सर्जियो रामोसले प्राप्त गरेका छन् । उनले ५ लाख ८८ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।
इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट डी ब्रुयन टोलीमा समेटिएका छन् । त्यस्तै जियानलुइजी वुफोनमा पनि टोलीमा पर्न सफल भएका छन् । यसरी टिम अफ दी इयरमा परेको यो उनको पाँचौं पटकको हो , जुन इकर कासियस भन्दा १ कम हो ।
युइएफ डटकमका समर्थकहरुले छनोटमा टिम अफ दी इयर
जियानलुइजी बुफोन (युभेन्टस र इटाली)
डानी आल्भेस (युभेन्टस, पेरिस सेन्ट जर्मेन र ब्राजिल)
सर्जियो रामोस (रियल म्याड्रिड र स्पेन)
जर्जियो केलिनी (युभेन्टस र इटाली)
मार्सेलो ( रियल म्याड्रिड र ब्राजिल)
केभिन डी ब्रुयन (म्यानचेस्टर सिटी र बेल्जियम)
टोनी क्रुस ( रियल म्याड्रिड र जर्मनी)
लुका मोड्रिच ( रियल म्याड्रिड र क्रोएसिया)
इडन हाजार्ड (चेल्सी र बेल्जियम)
लियोनल मेसी (बार्सिलोना र अर्जेन्टिना)
क्रिस्टियानो रोनाल्डो ( रियल म्याड्रिड र पोर्चुगल)
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]