8 years ago
January 14, 2018
लन्डन (एजेन्सी) – साविक विजेता चेल्सी प्रिमियर लिगमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफमा लेस्टरका खेलाडि बेन चिलवेलले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडिमा सीमित भएको थियो ।
एक खेलाडि कम हुँदा पनि चेल्सीले आफ्ना अवसर लिन नसक्दा घरेलु टोली गोलरहित बराबरीमा रोकिन पुग्यो । यस नतिजासँगै चेल्सी अंकतालिकाको चौथो स्थामा खस्न सक्ने सम्भावना छ । लिभरपुलले शिर्षस्थानमा रहेको सिटीलाई हराउन सके चेल्सी चौथो स्थानमा पुग्नेछ । चेल्सीको ४७ अंक छ भने लिभरपुल ४४ अंकमा छ , दुवैको समान गोल अन्तर छ ।
त्यस्तै अर्को बलियो टोली टोटनह्यामले भने एभर्टनसँग वेम्ब्लीमा ४-० को सहजको जित दर्ता गर्न सफल भएको छ । टोटनह्यामका लागि ह्यारी केनले दुई गोल गरे । क्रिस्टियन एरिक्सन र हिउङ मिन सनले पनि गोल गरेका थिए ।
अन्य खेलमा क्रिस्टल प्यालेसले बाकरी साकोको निर्णायक गोलमा बर्नलीलाई १-० ले हरायो । वेष्ट ह्यामले हडर्सफिल्डमाथि ४-१ को शान्दार जित दर्ता गर्यो भने वेष्ट ब्रोमले ब्राइटनलाई २-० ले हराउन सफल रह्यो । यसैगरी न्युकासल युनाइटेड र स्वान्सीले १-१ को बराबरी खेले भने वाटफोर्ड र साउथह्याम्पटनले पनि २-२ को बराबरी खेले ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]