default_image

8 years ago

January 15, 2018

ला लिगा नभइ च्याम्पियन्स लिग छनोट अबको लक्ष्य –क्रुस

125 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले ला लिगाको उपाधि दौड लगभग समाप्त भएकोले अब क्लबले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

शनिबार भिल्लरियलसँग १–० ले पराजित भएपछि क्रुसले यस्तो प्रतिक्रिया दिएका हुन् । गत सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियलको यो सिजन भने राम्रो हुन सकेन । जारी सिजनमा चौथो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोना भन्दा १९ अंकले पछाडी परिसकेको छ । भिल्लारियलले पछिल्लो जितपछि रियलसँगको अंक दुरी १ मा झारेको छ ।

उपाधि दौडका विषयमा सोधिएको प्रश्नमा अब शीर्ष चारमा कसरी पर्ने भन्ने लक्ष्य लिनु पर्ने बताएका थिए । ‘हामीले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने विषयमा सोच्नु पर्दछ,’ जर्मन टोली सदस्य समेत रहेका क्रुसले भने, ‘अहिले हामीले आफ्नो अवस्था बारेमा सोच्नु पर्दछ । बाँकी सिजन कसरी अघि बढ्ने भन्नेमा ध्यान दिन पर्दछ ।’ बार्सिलोनासँगको अंक अन्तर निकै भइसकेकाले अब टोलीले अर्को खेलको बारेमा केन्द्रित हुनु पर्नेमा उनको जोड छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.