8 years ago
January 16, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ । यस जितसँगै युनाइटेडले सिटीसँग अग्रस्थानमा दुरी घटाएको पनि छ ।
युनाइटेडका लागि खेलको नवौं मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै एन्थोनी मार्सियालले पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।
दुवै गोल मिडफिल्डर पल पोग्बाले असिस्ट गरेका थिए । त्यस्तै दोस्रो हाफमा रोमेलु लुकाकुले थप एक गोल गर्दै युनाइटेडको सहज जित सुनिश्चित गरेका हुन् ।
यस जितसँगै युनाइटेडले सिटीसँगको दुरी १२ अंकमा घटाएको छ । सिटी यसै साता लिभरपुलसँग पराजित भएको हो । युनाइटेड ५० अंकसहित दोस्रो स्थानमा रहेको छ भने पराजित भएको स्टोक सिटी तालिकाको १८ औं स्थानमा रहेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]