8 years ago
January 16, 2018
लण्डन (एजेन्सी) – आर्सनलका स्टार फरवार्ड एकेल्सिस सान्चेजलाई प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले भित्राउने चर्चा बढिरहेको छ । अग्रस्थानको म्यानचेस्टर सिटी सान्चेजलाई लिन सुरुमा इच्छुक रहे पनि अहिले आफ्नो चासो अन्त्य गरेको छ ।
सिजनको सुरुवातदेखि नै म्यानचेस्टर सिटीले चिलीका फरवार्डलाई आफ्नो टोलीमा समावेश गर्न खोजिरहेको थियो । सान्चेज र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको बार्सिलोनादेखि नै पुरानो सम्बध रहेको छ । तर आर्सनलले चाहेको ३५ मिलियन पाउन्डलाई लिएर सिटी असन्तुष्ट भएपछि सिटीले आफ्नो चासो त्यहिं अन्त्य गरेको हो ।
यस मौकाको फाइदा भने अहिले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले उठाउन खोजिरहेको छ । युनाइटेडले आर्सनललाई २८ मिलियन पाउन्ड र आफ्नो खेलाडि हेन्रिक मिखितार्यनलाई सम्झौताको हिस्सा बनाउन खोजिरहेको छ । तर आर्सनलले भने विङर एन्थोनी मार्सियालप्रति चासो देखाएको विभिन्न स्रोतहरुले खुलाएको छ ।
यसअघि पनि आफ्नो स्टार खेलाडि म्यानचेस्टर युनाइटेडलाई बेचेको आर्सनललाई नमीठो सम्झना रहेको छ । सन् २०१२ मा आर्सनलका स्टार फरवार्ड रोबिन भान पर्सीलाई युनाइटेडले किनेको थियो । भान पर्सीले युनाइटेडमा लगत्तैको सिजनमा प्रिमियर लिग उपाधि पनि जितेका थिए ।
सान्चेजले आर्सनलमा दुई पटक एफए कप जितेका छन् । त्यसबाहेक उनले क्लबमा अन्य उपाधि जित्न नसकेको नै उनको असन्तुष्टिको कारण बताइएको छ । पछिल्लो १२ घन्टामा सिटी र युनाइटेड पछि चेल्सी पनि सान्चेजमा इच्छुक रहेको स्काई स्पोर्ट्सले जनाएको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]