default_image

8 years ago

January 16, 2018

रोनाल्डो लेगानेसविरुद्ध नखेल्ने

168 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कोपा डेल रेमा लेगनेसविरुद्धको पहिलो लेगमा नखेल्ने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई सो खेलमा विश्राम दिन लागेका हुन् ।

Ronaldo

रियलले कोपा डेल रेको क्वाटर फाइनलमा लेगानेसको सामना गर्दैछ । पहिलो लेगको खेल बिहीबार रियलको घरेलु मैदानमा हुँदैछ । त्यसपछि आइतबार ला लिगामा रियलले डिपोर्टिभो ला कोरुनासँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै रियलका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा पनि लेगानेसविरुद्धको खेलमा हुने छैनन् । बार्सिलोनासँग ३–० को पराजय यता चोटका कारण नखेलेका उनी सोमबारबाट प्रशिक्षणमा फर्केका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.