default_image

8 years ago

January 17, 2018

फुटबलबाट रोनाल्डिन्होको सन्यास

174 views

0 Bookmark

लन्डन (एजेन्सी)– ब्राजिल तथा बार्सिलोनाका पूर्व सुपरस्टार मिडफिल्डर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट सन्तयास लिएको उनको एजेन्ट रोबर्टो असीसले जनाएका छन् । व्यवसायी रोबर्टो रोनाल्डिन्होका दाई हुन् ।

ronaldinho

सन् २०१५ मा ब्राजिलको क्लब फ्लुमुनेन्स छाडे यता रोनाल्डिन्हो फ्रि एजेन्ट थिए । तर अब ३७ वर्षको उमेरमा उनले सन्यास लिने निर्णय गरेको रोबर्टोले बताएका हुन् । उनको अनुसार रुस विश्व कपपछि ब्राजिल , युरोप र एसियामा केही कार्यक्रम गर्दै उनको सन्यासलाई औपचारिकता दिने उनीहरुको योजना छ ।

ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक फुटबल सुरु गरेका रोनाल्डिन्हो पिएसजी , मिलान र बार्सिलोना लगायतका क्लबबाट खेले । बार्सिलोनामा ५ वर्ष बिताउँदै उनले २ सय ७ खेल खेले जसमा ९७ गोल गरे । ब्राजिलको राष्ट्रिय टोलीबाट उनको ९७ खेलमा ३३ गोल गरेका छन् ।ब्राजिलबाट २००२ को विश्व कप , बार्सिलोनाबाट २००६ को च्याम्पियन्स लिग जितेका उनले २००५ को ब्यालोन डी ओर उपाधि हात पारेका थिए ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.