default_image

8 years ago

January 17, 2018

रोनाल्डो बेच्न रियल तयार !

92 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियय म्याड्रिड क्लबका सुपर स्टार क्रिस्टिायनो रोनाल्डोलाई बेच्न तयार भएको सञ्चारमाध्यमहरुले जनाएको छन् । रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा रोनाल्डोले क्लब छाड्न सक्ने संकेत गरेपछि स्पेनिस महारथी आफ्ना सुपर स्टारलाई विक्री गर्न तयार देखिएको हो ।

Ronaldo

पूर्व सहमति अनुसारको नयाँ प्रस्ताव नआएपछि रोनाल्डो क्लबसँग असन्तुष्ट रहेको बताइएको छ । गत वर्ष टोलीलाई युरोपियन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले त्यसपछि उनको पारश्रमिकमा बृद्धि गरिने सहमति भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अध्यक्ष पेरेजले रोनाल्डोका एजेन्ट जर्ज मेन्डिसलाई अन्य क्लबको प्रस्ताव सुन्न भनेको स्पोर्टस मेलको समाचारमा उल्लेख गरिएको छ । पेरेजले नै गत सिजन च्याम्पियन्स लिगपछि रोनाल्डोलाई नयाँ सम्झौता गर्ने बताएका थिए । तर, त्यो सहमति अनुसारको प्रक्रिया अघि नबढेपछि रोनाल्डोले क्लब छाड्न चाहेको बताइएको छ ।

रोनाल्डोको चाहना भने पुरानै क्लब म्यानचेस्टर युनाइटेड फर्कने रहेको बताइएको छ । रियललाई चौथो पटक च्याम्पियन्स लिग विजेता बनाएयता नै रोनाल्डो क्लबसँग असन्तुष्ट रहँदै आएको समाचारमा उल्लेख गरिएको छ । कर छलीको मुद्दामा पनि क्लबले सहयोग नगरेको उनको गुनासो छ ।

स्पेनिस पत्रिका डेरिया एएसले पहिलो पटक रोनाल्डोले रियल छोड्न चाहेको समाचार पहिलो पृष्टमा छापेको थियो । पक्रिकाले रोनाल्डो युनाइटेड जान चाहेको उल्लेख गरेको थियो । शनिबार भिल्लायरियलसँग १–० ले पराजित रियल ला लिगाको शीर्षस्थानको बार्सिलोनाभन्दा १९ अंकले पछाडी छ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.