8 years ago
January 17, 2018
म्याड्रिड (एजेन्सी) – ला लिगामा खराब लयमा रहेको रियल म्याड्रिडले जनवरी ट्रान्सफर विन्डोमा आफ्नो टोली बलियो बनाउने मौका खोजिरहेको छ । त्यस्तैमा रियलले इटालियन क्लब इन्टर मिलनको स्ट्राइकर प्रति गम्भीर चासो व्यक्त गरेको छ ।
रियलले भित्राउन खोजेको स्ट्राइकर मौरो इकार्डि हुन् । स्पेनिश साविक विजेताले इकार्डिको ९७ मिलियन पाउन्डको रिलिज क्लजअनुसार उनीलाई रियलमा ल्याउन खोजिरहेको छ । तर सो ट्रान्सफर यो विन्डोमा सम्भव नहुने र रियलले सिजनको अन्त्य नै कुर्न पर्ने जनाइएको छ ।
यस सिजन क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जेमासम्मिलित अग्रपंक्तिले त्यति गोल गर्न नसक्दा रियल नयाँ अनुहार समावेश गर्न खोजिरहेको छ । रियलले इकार्डिलाई यहि जनवरीमा भित्राउँदै आफूलाई अझ बलियो बनाउन खोजेको बुझ्न सकिन्छ । तर इकार्डिको रिलिज क्लज सिजन सकिएपछि मात्र लागु हुने भएकोले उनलाई भित्राउन रियलले केहि समय प्रतिक्षा गर्नु पर्ने हुन्छ ।
रिलिज क्लज अनुसार ९७ मिलियन पाउन्ड नै दिन तयार रहे इन्टरले पनि केहि रोक लगाउन मिल्दैन । इकार्डि यस सिजन राम्रो लयमा रहेका छन् । सबै प्रतियोगितामा उनले १८ गोल गरिसकेका छन् । तर अर्जेन्टिनाका इकार्डिले विश्वकपमा राम्रो प्रदर्शन गरे अन्य क्लब पनि उनलाई भित्राउन खोज्ने भने पक्का छ ।
यस सिजनको अन्त्यपछि रियल ट्रान्सफर मार्केटमा निकै व्यस्त हुने पक्का छ । अग्रपंक्तिमा हाल रियल नेयमारप्रति पनि इच्छुक रहेको छ । त्यस्तै इङ्ग्लिस क्लब टोटनह्याम हटस्परका स्ट्राइकर ह्यारी केनप्रति पनि रियलको कडा नजर रहेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]