8 years ago
January 21, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि ३-१ को जित दर्ता गरेको छ । सो जितमा सिटीका मुख्य स्ट्राइकर सर्जियो अगुएरोले ह्याट्रिक गरे ।
खेलको ३४ औं मिनेटमा अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ६३ औं मिनेटमा अगुएरोले पेनाल्टीमर्फत टोलीको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा जेकोब मर्फिले न्युकासलका लागि गोल फर्काए पनि ८३ औं मिनेटमा अगुएरोले फेरि गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।
यस जितसँगै सिटीले दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडसँग १२ अंकको अन्तरलाई कायम राखेको छ । त्यस्तै हिजो साँझको खेलमा चेल्सीले ब्राइटनलाई ४-० ले हराउन सफल रह्यो । चेल्सीका लागि एडेन हाजार्डले दुई गोल गरे भने विलियन र भिक्टर मोसेसले एकएक गोल थपेका थिए ।
एन्थोनी मार्सियालको निर्णायक गोलमा युनाइटेडले बर्नलीमाथि १-० को जित दर्ता गर्यो भने अर्को बलियो टोली आर्सनलले क्रिस्टल प्यालेसमाथि ४-१ को शानदार जित हांसिल गर्यो ।
आर्सनलका लागि नाचो मोनरियाल, लोरेन्ट कोसियल्नी, एलेक्स इवोबि र एकेल्जान्डर लाकाजेटले पहिलो हाफमै ४ गोल गरेका थिए । प्यालेसका लागि लुका मिलिभोयेभिचले दोस्रो हाफमा एक सान्तवना गोल गरेका थिए ।
हिजो राति प्रिमियर लिगका अन्य खेलहरु:
एभर्टन १-१ वेष्ट ब्रोम
लेस्टर २-० वाटफोर्ड
स्टोक २-० हडर्सफिल्ड
वेष्ट ह्याम १-१ बोर्नमथ
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]