default_image

8 years ago

January 21, 2018

रोहित सम्मिलित पर्सिजालाई सुपर फिक्स कप उपाधि

142 views

0 Bookmark

क्वालालम्पुर (एजेन्सी) – रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको छ । तीन टोली समावेश प्रतियोगितामा तीनै टोलीले ३ अंक बटुलेपनि राम्रो गोल अन्तरको आधारमा पर्सिजाले उपाधि जितेको हो ।

persija

प्रतियोगितामा रोहित चन्दको क्लब पर्सिजा, मलेसियाको शिर्ष श्रेणीको टोली केलान्तन र थाइल्याण्डको रचाबुरी गरि तीन टोलीले भाग लिएका थिए । पर्सिजा पहिलो खेलमा केलान्तनसँग ३-१ ले विजयी भएपनि दोस्रो खेलमा रचाबुरीसँग १-० ले पराजित भएको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा शनिबार केलान्तनले रचाबुरीलाई ४-३ ले पराजित गरेपछि पर्सिजाले प्रतियोगिता शिर्ष स्थानमा अन्त्य गरेको हो ।

table

 

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.