8 years ago
January 21, 2018
लण्डन (एजेन्सी) – रियल म्याड्रिडले टोटेनह्यामका इङ्लिस स्ट्राइकर ह्यारी केनलाई विश्वको सबैभन्दा महँगो खेलाडि बनाउन तयार रहेपनि टोटेनह्यामले यो समर विन्डोमा केनलाई नबेच्ने स्काई स्पोर्ट्सले जनाएको छ ।
स्काई स्पोर्ट्सका अनुसार रियलले केनलाई भित्राउन नेयमारको विश्व कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डको सरुवा रकम उछिन्ने तयारीमा रहे पनि स्पर्सले भने उनलाई बेच्ने छैन ।
स्पर्सका प्रमुख कार्यकारी अधिकारी ड्यानियल लेभीका अनुसार स्पर्स यो समरमा आफ्ना स्टार खेलाडीलाई बेच्न बाध्य हुने छैन । लेभीले स्काई स्पोर्ट्सलाइ भने, ‘टोटेनह्यामले क्लबमा राख्न चाहेको खेलाडीलाई बेच्ने छैन । हाम्रो रणनिती भनेको स्पर्समा थप राम्रा खेलाडी अनुबन्ध गर्दै क्लबलाई थप बलियो बनाउने हो । ‘
केनले राम्रो फर्मलाई यो सिजन पनि निरन्तरता दिएका छन् । स्पर्सका लागि प्रिमियर लिगमा ९८ औं गोल गर्दै उनी क्लबका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । २४ वर्षीय केनले विगत ३ सिजन देखि स्पर्सका लागि प्रति सिजन २५ भन्दा धेरै गोल गरेका छन् । यो सिजन सबै प्रतियोगितामा स्पर्सका लागि २८ खेलमा २८ गोल गर्दै उच्च प्रदर्शन गरेका केनले रियलको ध्यानाकर्षण गरेका हुन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]