8 years ago
January 22, 2018
लण्डन (एजेन्सी) – पछिल्लो दश वर्षमा उत्कृष्ट खेलाडिले पाउने बलोन डि’ओरमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोकै दबदबा कायम छ । तर अबको केहि वर्षमा भने सो उपाधि जित्नेमा नयाँ खेलाडिको नाम आउने सम्भावना पनि उत्तिकै छ । त्यस्ता ३ खेलाडिहरुको सुची यस प्रकारको रहेको छ:
फ्रान्सका बाप्पे अहिलेको उत्कृष्ट युवा खेलाडि हुन् । १९ वर्षको उमेरमै गत साल बलोन डि’ओरको सुचीमा उनी सातौं स्थानमा थिए । यस सिजन पनि उनको प्रदर्शन निकै राम्रो रहेको छ । यस सिजन उनले २८ खेलमा १५ गोल र ११ असिस्ट गरिसकेका छन् । बाप्पे आफैं भने बलोन डि’ओर जित्न आफूले अझै धेरै सिक्नु बाकिं रहेको बताउँछन् ।
२०१७ मा ह्यारी केनले सबै प्रतियोगितामा ५६ गोल गरे । जुन मेस्सी र रोनाल्डो भन्दा पनि धेरै हो । प्रिमियर लिगमा केहि सिजनदेखि उनी निकै उच्च लयमा छन् । यस वर्षको विश्वकपमा उनले इङ्ग्ल्यान्डको अग्रपंक्तिको जिम्मेवारी लिने पक्का नै छ । केनले आफ्नो गोलको लयलाई लिगमा निरन्तरता दिँदै विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरे बलोन डि’ओरमा उनको दाबेदारी पक्कै पनि बलियो हुनेछ ।
बार्सिलोनाबाट यस सिजन पिएसजी गएयता नेयमारको उत्कृष्ट लय कायम छ । २३ खेल खेल्दै उनले २४ गोल तथा १४ असिस्ट गरिसकेका छन् । नेयमारले रुस विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्दै उपाधि दिलाउन सके १० वर्षमा पहिलो पटक बलोन डि’ओर मेस्सी र रोनाल्डो बाहेकको खेलाडिलाई जाने सम्भावना बढी हुने छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]