8 years ago
January 22, 2018
म्याड्रिड (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिड टोटेनह्यामका स्टार ह्यारी केनलाई विश्व कीर्तिमानी रकममा भित्राउने योजनामा रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रसिया विश्व कप अघि नै सम्झौता गर्ने गरि रियलले २ सय मिलियन पाउन्डको प्रस्ताव गर्ने सम्भावना रहेको बताइएको छ ।
स्पेनिश साविक विजेता रियल जारी सिजनमा लिगको चौथो स्थानमा रहेको छ । टोलीका तीन फरवार्ड क्रिस्टियानो रोनाल्डो, गेराथ बेल र करिम बेन्जिमाले यो सिजन मात्र १४ गोल गरेका छन् । अर्को तिर केन एक्लैले यो सिजन २० गोल गरिसकेका छन् । केन युरोपका शीर्ष ५ लिगमध्ये गत सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले सन् २०१७ मा ५६ गोल गरेका थिए । जबकी बार्सिलोनाका लियोनल मेस्सीले ५४ र रोनाल्डोले ५३ गोल गरेका थिए ।
हालैको एक अन्तरवार्तामा केनको भविष्यलाई लिएर टोटेनह्यामका प्रशिक्षक पोचिन्टिहोले भनेका थिए, ‘ म चाहन्छु केन यहि खेलुन् । उनी उत्कृष्ट मध्येका एक हुन् । तर, हामीले कुनै पनि खेलाडीलाई रोक्न बाध्य गर्न सक्दैनौं । ‘ टोटेनह्यमका अध्यक्ष डानिल लिभे भने आफ्ना स्टार खेलाडी बेच्ने पक्षमा छैनन् । उनले भने, ‘हामी उनलाई विक्री गर्न चाहन्नौं । मलाई विश्वास छ उनी अर्को सिजनमा पनि यहि हुनेछन् । ‘
रियलले देखाएको चासो प्रति संकेत गर्दै केनले भनेका छन्, ‘मैले सधै भन्ने गरेको छु, म राम्रो गर्ने प्रयासमा छु र बढी भन्दा बढी राम्रो गर्ने कोशिसमा छु । हामी उपाधि जित्न चाहन्छौं । त्यो हाम्रो लक्ष्य हो । क्लब त्यसैतर्फ अघि बढिरहेको छ । म यहाँ खुसी छु ।’
भविष्यमा जे भएपनि अहिले केन क्लब समर्थकका प्रिय खेलाडी हुन् । क्लबको प्रदर्शन यो सिजन कमजोर भएकै कारण रियलले नयाँ खेलाडी भित्राउने अनुमानमा केन पनि समेटिएका हुन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]