8 years ago
January 23, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका नयाँ खेलाडी फिलिप कौटिन्होलाई यो साता मैदान उतार्ने तयारीमा रहेको छ । इस्पानियोलविरुद्ध शुक्रबार हुने कोपा डेल रे क्वार्टरफाइनलको दोस्रो लेगमा उनलाई परिवर्तित खेलाडीका रुपमा भएपनि उतार्ने योजनामा रहेको बताइएको छ ।

कोपा डेल रेको अघिल्लो चरण पुग्न बार्सिलोनालाई जितको आवश्यकता रहेको छ । लिभरपुलका पूर्व स्टार कौन्टिहोले भने अझै बार्सिलोनाबाट डेब्यू गर्न बाँकी छ । चोटका कारण उनको ‘डेब्यू’मा ढिलाई भइरहेको छ । कोपा डेल रेको पहिलो लेगमा बार्सिलोना इस्पानियोलसँग पराजित भएको थियो ।
त्यस खेलमा लियोनल मेस्सी पेनाल्टी गोल गर्नबाट चुकेका थिए । अन्तिम समयमा गोल खाँदै बार्सिलोना १–० ले पराजित भएको थियो । १ सय ४२ मिलियन पाउन्डमा हालै क्लबमा भित्राइएका कौटिन्होको आगमनले टोलीको मिडफिल्डमा प्रभाव पार्ने बार्सिलोनाको अपेक्षा छ ।
आइतबार भने बार्सिलोनाले डिपोर्टिभोको सामना गर्नेछ जहाँ कौटिन्होले पुरा खेल खेल्ने सम्भावना छ । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा ११ अंकले अगाडि रहेको बार्सिलोनाले साविक विजेता रियल म्याड्रिडलाई १९ अंकले पछाडि पारेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]