8 years ago
January 24, 2018
इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
निर्धारित समय १-१ म टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा थ्री स्टारले यस सिजनको सर्वाधिक सफल क्लब आर्मीलाई ५-३ ले हराउन सफल रह्यो ।
आर्मीका लागि नवयुग श्रेष्ठले खेलको २५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर थ्री स्टारका स्ट्राइकर अजयी मार्टिनले खेलको ५७ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । नियमित समयमा अन्य गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टिमा थ्री स्टारका पाँचैं खेलाडिहरुले आफ्नो प्रहार गोलमा परिणत गरे भने आर्मीका एरिक विष्ट चुक्दा खेल थ्री स्टारको पक्ष्यमा पुगेको हो । थ्री स्टारका लागि रजिन सुब्बा, बुद्ध चेम्जोङ, निराजन खड्का, सुनिल बाल र अनन्त तामाङ गोल गर्न सफल भएका थिए भने आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र दिप लामाले पनि आफ्नो पेनाल्टीलाइ गोलमा परिणत गरेका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ थ्री स्टारका पिटर सेगुन भए । उनले ट्रफीसहित नगद १० हजार प्राप्त गरे । अब थ्री स्टारले फाइनलमा भारतीय क्लब गेरिफा र मनाङ बीचको सेमिफाइनलको विजेतासँग भिड्ने छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]