8 years ago
January 24, 2018
युनाइटेड (एजेन्सी)– सान्चेजले नयाँ क्लब म्यानचेस्टर युनाइटेडका अन्य खेलाडीसँग पहिलो पटक मंगलबार अभ्यास गरेका छन् । सान्चेजले नयाँ टोलीका खेलाडीका बारेमा सकारात्मक प्रक्रिया पनि दिएका छन् । चिलियन स्टारले युनाइटेडका नम्बर एक गोलकिपर डेभिड डि गेयाबाट आफु प्रभावित रहेको बताए ।
यसअघि विरुद्धमा खेलेका स्पेनिस गोलकिपरसँग अहिले एउटै टोलीबाट खेल्न पाउँदा पनि उनले खुसी व्यक्त गरेका छन् । ‘मैले यहाँका खेलाडीलाई व्यक्तिगत रुपमा जान्ने वा समय बिताउने अवसर पाएको थिइन ,’ सान्चेजले भने, ‘यद्दपी मैले खाली उनीहरुविरुद्ध खेलेको हिसाबले मात्र बुझेको थिए ।’
उनले अगाडि थपे, ‘डेभिड डि गेया अहिले विश्वका उत्कृष्ट गोलकिपर मध्येका एक हुन् । उनी त्यस्तो खेलाडी हुन् जो विरुद्ध गोल गर्न सधै कठिन हुने गर्दछ । त्यसैले उनी मेरा लागि विश्वका उत्कृष्ट गोलपिकर हुन् ।’ जोसे मौरिन्होको टोलीबाट सान्चेजले शुक्रबार डेब्यू गर्ने सम्भावना रहेको छ ।
युनाइटेडले शुक्रबार एफए कपको चौथो चरणमा योभिलसँग प्रतिस्पर्धा गर्दैछ । यद्दपी उनले शुक्रबार पहिलो रोजाइमा खेल्ने सम्भावना कम छ । तर पनि उनले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर युनाइटेडबाट डेब्यू खेलमै गोल गर्ने अपेक्षा गरिएको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]