default_image

8 years ago

January 25, 2018

लेगानेससँग हार्दै रियल कपबाट बाहिरियो

99 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेगानेससँग २-१ ले पराजित हुँदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ ।  पहिलो लेगमा १-० ले अघि रहेको रियल अवे गोलको अाधारमा पराजित भएको हो ।
जाभिएर एरासोले पाहुना टोलीलाई ३२अौं मिनेटमा अग्रता दिलाएका थिए । करीम बेन्जेमाले ४७ अौं मिनेटमा गोल गरेपछि खेल बराबरीमा अायो । तर एरासोकै पासमा गाब्रिएलले ५५अौं मिनेटमा गोल गर्दै लेगानेसको जित पक्का गरे।
अर्को खेलमा भ्यालेन्सिया अलाभेससँग २-१ ले पराजित भएपछि खेल पेनाल्टीमा पुग्यो । टाइब्रेकरमा ३-२ को जित हासिल गर्दै भ्यालेन्सिया अर्को चरणमा प्रवेश गर्यो ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.