8 years ago
January 25, 2018
लण्डन (एजेन्सी) – इङ्ग्लिस लिग कप (काराबाओ कप) मा आर्सनलले चेल्सीलाई सेमिफाइनलको दोस्रो लेगमा २-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
पहिलो लेगमा आर्सनलले चेल्सीलाई उसको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गोलरहित बराबरीमा रोकेको थियो । गए रातिको २-१ को जितसँगै आर्सनलले एग्रिगेटमा २-१ को जित हांसिल गर्दै फाइनल प्रवेश गरेको हो ।
चेल्सीका लागि एडेन हाजार्डले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि आर्सनलले खेल पुरै उल्टाउन सफल भएको हो । खेलको १२ औं मिनेटमा डिफेन्डर नाचो मोनरियालको हेडर चेल्सीका एन्टोनिओ रुडिगरलाई लागेर पोस्टको दिशा लिएपछि खेल बराबरीमा पुगेको थियो ।
त्यस्तै दोस्रो हाफमा आर्सनलले एक गोल थप्दै जित सुनिश्चित गरेको थियो । एलेक्जान्डर लाकाजेटको डिफ्लेक्ट भएको पास मिडफिल्डर ग्रानिट जाकाले गोलमा परिणत गर्दै चेल्सीलाई निराश बनाएका थिए ।
त्यस्तै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले पनि सेमिफाइनल खेलमा ब्रिस्टोल सिटीलाई ३-२ ले पराजित गर्दै आर्सनलसँगको फाइनल भेट पक्का गरेको हो । सिटीले ब्रिस्टोललाई ३-२ ले हराउँदा उसका लेरोय साने, सर्जियो अगुएरो र केभिन डे ब्रुयनले गोल गरेका थिए । सिटीले पहिलो लेग पनि २-१ ले जितेको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]