default_image

8 years ago

January 25, 2018

आहा-रारामा एपिएफ र संकटा भिड्दै

114 views

0 Bookmark

दिपेन्द्र पोखरेल

पोखरा – नेपाल एपिएफ क्लबले १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज हुने तेस्रो खेलमा सिएमजी क्लब संकटाको सामना गर्दै छ । माघ १ गते धनगढीमा नेपाल आइस सदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको एपिएफले त्यसअघि संकटालाई हराएको थियो । संकटा यसपटक एपिएफमाथि जित्न हरसम्भव प्रयास गर्ने तयारीमा छ ।

APF Sankata

खप्तड गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित एपिएफ मदन भण्डारी इटहरी गोल्ड कपको पहिलो खेलमा रुस्लान थ्री स्टारसँग पराजित भएको थियो । संकटा भने खप्तड पछि पहिलो पटक मैदानमा उत्रदैछ । गत वर्ष ३ वटा नकआउट उपाधि जितेको संकटा थ्री स्टारले घरेलु फुटबलमा पुनरागमन गरेपछि भने केही कमजोर भएको छ । थ्री स्टारले गत वर्ष घरेलु फुटबल नखेल्दा त्यसका केहि महत्वपूर्ण खेलाडी संकटाबाट खेलेका थिए ।

संकटा प्रशिक्षक सल्यान खड्गी अघिल्लो भेटमा पराजित भएपनि त्यसको मनोबैज्ञानिक फाइदा अहिले एपिएफलाई नहुने बताउछन् । ‘त्यो खेल इतिहास हो । इतिहासका अन्य खेलमा हामीले पनि एपिएफलाई थुप्रै पटक हराएका छौं । त्यसैले त्यसले आजको खेलमा हामीलाई कुनै असर पार्दैन ‘, खड्गीले भने, ‘मोफसलमा आफ्नो खेलाडीहरुको व्यस्तताका कारण राम्रोसँग तयारी गर्न नपाएपनि सोचे भन्दा टोली बलियो छ ।’

एपिएफ भने तुलनात्मक रुपमा बलियो देखिन्छ । राष्ट्रिय टोलीका नियमित सदस्य अन्जन बिष्ट राम्रो लयमा छन् । खप्तड गोल्ड कपको फाइनल अघि नै ३ गोल गरेका उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेन बनेका थिए । अन्जनकै दाजु रन्जन बिष्ट र युवराज खड्का पनि टोलीका महत्वपूर्ण सदस्य हुन् । पहिलो रोजाइमा पर्न प्रतिस्पर्धा रहेको अर्थमा पनि एपिएफको बेन्च संकटाको तुलनामा बलियो मान्न सकिन्छ ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जन धनगढीको प्रदर्शनले टोलीमा सकारात्मक उर्जा रहेको बताउँछन् ।’धनगढीमा राम्रो प्रदर्शन गर्दै फाइनल पुगेकोले टोलीमा सकारात्मक उर्जा छ । तर छोटो समयमा तीन ठाँउमा खेल्दा टोली व्यस्त रह्यो । जसका कारण खेलाडीमा फिटनेसको समस्या छ’, उनले भने, ‘राजु नगरकोटी र रमेश दंगाललाई सन्चो छैन , श्याम नेपाली पनि पुरै फिट छैनन् ।’

 प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा यँहा हेर्नुहोस । 

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.