default_image

8 years ago

January 25, 2018

कौटिन्होले बार्सिलोनाबाट १४ नम्बर जर्सी लगाउने

141 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– फिलिप कौटिन्होले नयाँ क्लब बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउने निश्चित भएको छ । हालै लिभरपुलबाट १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेका कौटिन्होले पूर्व स्टार जोर्डी क्रुफ र थेएरी हेनरीले लगाउने जर्सी नम्बर प्रयोग गर्ने भएका छन् ।

पछिल्लो समयमा भने १४ नम्बरको जर्सी जाभियर मासेरानोले लगाउँदै आएका थिए । मसेरानोले क्लब छाडेपछि २५ वर्षे काउन्टिहोले त्यो जर्सी नम्बर लगाउने भएका हुन् । यो साता फिटनेसका लागि कौटिन्हो प्रयासरत छन् ।

उनले बिहीबार इस्पानियोलविरुद्ध कोपा डेल रे क्वार्टरफाइनलको दोस्रो लेगमार्फत उनले नयाँ क्लबमा डेब्यू गर्ने सम्भावना छ । पहिलो लेगमा इस्पानियोलले बार्सिलोनालाई १–० ले हराएको थियो । ह्यामस्ट्रिङ समस्याका कारण उसमाने डेम्बेले इस्पानियोलविरुद्ध खेल्ने छैनन् भने आन्द्रेय इनियस्टा, पाको अल्सासेर र थोमस भर्मालिन पनि खेल्नेमा शंका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.