8 years ago
January 25, 2018
पोखरा (हाम्रो खेलकुद) – आदित्य चौधरीको पहिलो हाफको गोलमा एपिएफले आहा-रारा गोल्ड कपमा संकटालाई पराजित गरेको छ । आदित्यले फ्री किक मार्फत खेलको एकमात्र गोल गरे ।
एपिएफले पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको थियो । तुलानात्मक रुपमा बलियो देखिएको एपिएफले २८ औं मिनेटमा आदित्यको फ्री किक मार्फत अग्रता लियो । बक्स नजिकबाट गरेको प्रहार क्रसबारमा ठोकिँदै गोलमा परिणत भएको थियो ।
काउन्टर एट्याकमा व्यस्त देखिएको संकटाले ३९ औं मिनेटमा बराबरी गर्ने सुवर्ण अवसर गुमायो । थ्री स्टारका पूर्व खेलाडी प्रकाश बुढाथोकीको क्रसमा थ्री स्टारका अर्का पूर्व स्ट्राइकर अनिल गुरुङले फ्री हेडरमा कनेक्ट गर्न सकेनन् । पहिलो हाफको अन्त्य अघि ४१ औं मिनेटमा नबिन लामाले बक्सबाट गरेको प्रहारलाई बाँयामा डाइभ गरेर संकटाको गोल किपर विनय श्रेष्ठले रोके ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि संकटाले गोल गर्न भने सकेन । ७४ औं मिनेटमा हेमन्त थापा मगरले दिएको पासलाई मनाङ्गका पूर्व खेलाडी रुपेश केसीले टच गर्न नसकेपछि संकटाले अर्को राम्रो अवसर गुमायो । त्यसअघि ५९ औं मिनेटमा एपिएफका फरवार्ड युवराज खड्कालाई गोल किपर विनयले वन-अन-वनमा रोकेका थिए । एपिएफले ८० औं मिनेटमा अन्जनको राम्रो प्रहार मार्फत अग्रता दोब्बर गर्ने अवसर पाए पनि विनयले अन्जनको २५ यार्ड टाढाको प्रहार डाइभ गर्दै रोकेका थिए ।
प्रतियोगिताको तालिका र अहिलेसम्मको सबै नतिजाहरु हेर्नुहोस
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]