8 years ago
January 25, 2018
मुम्बई (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले इन्डियन मोस्ट स्टाइलिस स्पोर्टस अवार्ड जितेका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै सुनिलले हिन्दुस्तान टाइम्स मोस्ट स्टाइलिस अवार्ड २०१८ जितेका हुन् ।
बेंगालुरुका स्टार सुनिल सन् २०१७ भर मैदान भित्र र बाहिर छाइरहे । उनको प्रेरणदायी प्रदर्शनबाट भारतीय फुटबल टोली झन्डै दुई दशक यता फिफा वरियताको शीर्ष एक सयौं स्थान भित्र पर्न सफल भएको थियो ।
भारतलाई एएफसी कप २०१९ मा छनोट गराउन पनि सुनिलको भूमिका महत्वपूर्ण रह्यो । गत वर्ष नै उनले लामो समयदेखि प्रेमिका रहेकी सोनम भट्टाचार्जीसँग विवाह गरेका थिए । सोमन मोहन बगानका महान खेलाडी सुब्रता भट्टाचार्जीकी छोरी हुन् ।
हाल खेलिरहेका मध्ये अन्तर्राष्ट्रिय फुटबलमा सुनिल क्षेत्री सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन् जुन सुचीको पहिलो दुई स्थानमा क्रमश: पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी छन् ।
बेंगालुरु एफसीमा पनि उनको यो सिजन उच्च रहेको छ । टोलीले इन्डियन सुपर लिगमा पहिलो पटक खेलिरहँदा सुनिलले ७ गोल गरिसकेका छन् । यो वर्ष सुपर लिगमा सर्वाधिक गोल गर्ने भारतीय खेलाडीको सुचिमा उनी शीर्षस्थानमा छन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]