8 years ago
January 26, 2018
बार्सिलोना (एजेन्सी) – लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्होले नयाँ क्लबबाट डेब्यु गरेका छन् ।

बिहीबार एस्पान्योलसँग २-० को जित रच्दा कौटिन्हो दोस्रो हाफमा अान्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । ६८ हौं मिनेटमा मैदान पुगेका कौटिन्होले पहिलो टच लियोनेल मेसीको पासमा लिएका थिए । त्यसपछि केही समयमै उनलाई बक्स नजिक लडाएपछि बार्साले फ्रिकिक पायो, जुन मेसीले बाहिर प्रहार गरे ।
७५ अौं मिनेटमा कौटिन्होको पासमा सुअारेजको सट एस्पान्योलका गोलरक्षकले राम्रोसँग बचाए । बार्सिलोनाबाट पहिलो खेल भएपनि खेलमा उनले निकै सम्हालिएर खेले । उनको फुटवर्क र खेल्ने शैली बुझ्न २२ मिनेट पर्याप्त रह्यो । उनले अाउने दिनमा बार्साका लागि राम्रो प्रदर्शन गर्ने जानकारहरुको बुझाई छ ।

ब्राजिलको राष्ट्रिय टोलीका निएमित खेलाडी कौटिन्होले १४ नम्बरको जर्सी लगाएर खेले । यसअघि जाभिएर मास्चेरमनोले लगाएको उक्त जर्सी दिग्गज खेलाडी योहान क्रायफले पनि लगाएका थिए ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]