default_image

8 years ago

January 26, 2018

पुलिस आहा-रारा गोल्ड कपको क्वाटरफाइनलमा , झापा बाहिरियो

128 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – रमपम झापा ११ लाई १-० ले हराउँदै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । पोखरा रंगशालामा सम्पन्न अन्तिम प्रि-क्वाटर फाइनल खेलमा सुमन लामाको एकमात्र गोलमा पुलिसले जित निकाल्यो । पुलिसले क्वाटर फाइनलमा मनाङको सामना गर्नेछ । 

खेलको ८ औं मिनेटमा राम्रो मौका पाएका सुमनको प्रहार सोझै किपरको हातमा पुगे पनि उनले १३ औं मिनेटमा भने राम्रो गोल गर्दै पुलिसलाई दिलाएको अग्रता टोलीले खेलको अन्तिम समय सम्म जोगाउन सफल भयो ।

झापाले २८ औं मिनेटमा लगातार ३ कर्नर पाएपनि त्यसलाई सदुपयोग भने गर्न सकेन । भोला सिलवाल र जुमानु राईलाई बेञ्चमा राखेको पुलिसले युवा खेलाडीका साथमा बलियो देखियो । पुलिसले २९ औं मिनेटमा अग्रता दोब्बर गर्ने अवसर पाए पनि अन्मार्कड रवी पासवानको प्रहार झापाका किपर किशोर गिरीले बचाए ।

दोस्रो हाफमा झापाले पोसेसन राखे पनि गोल गर्ने राम्रो अवसर भने सिर्जना गर्न सकेन । पुलिसले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसरहरु गुमायो । रवी पासवानले ५६ औं मिनेटमा गरेको क्रसमा अविशेक रिजालको हेडर बाहिरिएपछि पुलिसले अग्रता दोब्बर गर्ने अवसर गुमाएको थियो ।

त्यस्तै पुलिसका सन्तोस हेमारुनले ७५ औं मिनेटमा तेज तामांगलाई बक्स भित्र पास मिलाए पनि तेजले ६ यार्ड भित्रबाट बल कनेक्ट गर्न सकेनन् । झापाले मिडफिल्डमा पकड जमाएपनि झापाका स्ट्राइकरहरु चलन सकेनन् । झापाका स्ट्राइकर विशाल राई यस प्रतियोगितामा सहभागी भएनन् ।

प्रतियोगिता अन्तर्गत भोली पहिलो क्वाटर फाइनलमा बंगलादेशको उत्तर बरिनधारा र सुदुरपश्चिम भिड्ने छन् ।

 

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.