8 years ago
January 27, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्न सके कमजोर प्रदर्शन गरिरहेको टोलीलाई राहत हुने बताएका छन् । गत वर्ष ला लिगा र च्याम्पियन्स लिग जितेको रियलको नयाँ सिजनको प्रदर्शन भने निकै कमजोर रहेको छ । २० खेलको समाप्तीमा शीर्षस्थानको बार्सिलोना भन्दा रियल १९ अंकले पछाडि छ । रियल लेगानेससँग पराजित हुँदै कोपा डेल रेबाट पनि बाहिरिसकेको छ ।
यो सिजन जिनेदिन जिदानको टोलीले चुनौति पेश गर्न सक्ने एकमात्र उपाधि च्याम्पियन्स लिगको मात्रै हो । रोनाल्डो त्यसैमा सम्भावना देख्छन् । रोनाल्डोले फेरि युरोपियन च्याम्पियन बन्न सके त्यसले घरेलु फुटबलमा गरेको कमजोर प्रदर्शनमा मलहमको काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
एक अन्तरवार्तामा रोनाल्डोले भनेका छन्, ‘वर्षको अन्त्यमा हामीले च्याम्पियन्स लिग जित्न सक्यौं भने त्यो साच्चै यादगार हुनेछ । हामीले ला लिगामा यो सिजन राम्रो गर्न सकेनौं त्यसले हामीलाई निराश बनाएको छ । यसमा कोही खुसी हुन सक्दैन ।’
रोनाल्डोले अब च्याम्पियन्स लिगका लागि टोलीले मेहनत गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्यो उपाधि हाम्रो लागि महत्वपूर्ण छ । ला लिगामा कठिन हुन सक्छ । तर हामी यसै हार मान्ने वाला छैनौं’, उनले थपे, ‘सिजनको सुरुआतमै हामीले धेरै अंक गुमाएको किन नहोस हामी मेहनत भने गरिरहनेछौं ।’
पोर्चुगल फुटबल टोलीका कप्तान समेत रहेका रोनाल्डोले केहि साताअघि पाँचौं पटक बलोन डी’ओर अवार्ड जितेको थिए । बार्सिलोनाका लियोनल मेस्सीले पनि पाँच पटक नै उक्त अवार्ड जितिसकेका छन् । रोनाल्डोले व्यक्तिगत अवार्डका लागि लालायित नभएको बताएका छन् ।
‘म त्यसका लागि लालायित छैन । मलाई पाँच पटक जित्नु भन्ने पनि लागेको थिएन’, उनले भने, ‘यो जित्नु निकै कठिन छ । मेरो र मेस्सीका बीचमा तीब्र प्रतिस्पर्धा हुने गरेको छ । पछिल्लो १० वर्ष बलोन डी’ओर हामीले नै जितेका छौं ।’ रोनाल्डोले यो वर्ष रसियामा हुने विश्वकपमा पोर्चुगल दाबेदार नरहेको उल्लेख गरेका छन् । सन् २०१६ युएफा युरो कप जितेको पोर्चुगलले विश्व कपका लागि प्रतिस्पर्धा भने गर्ने उनले बताएका छन् ।
‘जर्मनी, स्पेन, ब्राजिल, फ्रान्स र अर्जेन्टिना दाबेदार मध्येका हुन्, उनले अगाडि भने, ‘पाुर्चगल दाबेदारमा पर्दैन । हामी जहिले प्रतिस्पर्धा गर्छौं, यस पटक पनि हामी चुनौति पेश गर्नेछौं ।’ ला लिगामा रियलको मात्र होइन रोनाल्डो पनि कमजोर प्रदर्शन गरिरहेका छन् ।
म्यानचेस्टर युनाइटेडका पूर्व स्टारले यो सिजन ला लिगामा ६ गोल मात्र गरेका छन् । यद्दपी च्याम्पियन्स लिगमा भने अहिले पनि उनी उच्च गोलकर्ताका रुपमा रहेका छन् । उनले टोलीलाई युरोपियन च्याम्पियन बनाउन पुन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]