8 years ago
January 27, 2018
म्यानचेस्टर (एजेन्सी)- इंग्लिस एफए कप अन्तर्गत शुक्रबार म्यानचेस्टर युनाइटेडले योभिल टाउनलाई सहजै पराजित गरेको छ । तल्लो श्रेणीको क्लब योभिलको घरेलु मैदानमा युनाइटेड ४-० ले विजयी रह्यो ।

खेलको ४१ अौं मिनेटमा मार्कस रासफर्डको गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो । अार्सनलबाट म्यानचेस्टर युनाइटेड अाएका एलेक्सीस स्यान्चेजले डेब्यु गरेको खेलमा असिस्ट पनि दिए । उनकै पासमा अान्देर हरेराले ६१ अौं मिनेटमा युनाइटेडको अग्रता दोब्बर पारे ।
अन्य दुई गोल वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जेसी लिङ्गार्ड र रोमेलु लुकाकुले गरे । स्यान्चेजले पहिलो रोजाइमा पर्दै खेल सुरुवात गरेका थिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]