8 years ago
January 27, 2018
पेरिस (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमार यसै सिजनमात्र बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका हुन् । तर, विभिन्न स्रोतका अनुसार उनी त्यहाँ खुसी देखिएका छैनन् ।

नेयमार सान्तोस हुँदा स्पेनका दुवै ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले उनलाई पछ्याएका थिए । त्यस समय बार्सिलोना रोजेका नेयमारले क्लबमा रहेर थुप्रै उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । विश्व कीर्तिमानी रकममा पेरिस पुगेका नेयमार पीएसजी पुगेपछि भने खुसी रहन सकेका छैनन् ।
फ्रान्सेली लिगमा कमजोर प्रतिद्वन्द्वी र लिगको स्तर पनि कम भएकोले नेयमार खुसी नरहेको विभिन्न समाचार स्रोतले जनाएका छन् । लिगको २२ खेलमा ६८ गोल गरिसकेको पीएसजी अंक तालिकामा ८ अंकले अगाडि रहेको छ । अहिलेसम्म उसले लिगमा जम्मा दुई खेलमात्र पराजित भएको तथ्यांक छ ।

नेयमार एक्लैले पीएसजीका लागि २३ खेलमा २४ गोल गरिसकेका छन् । गत सिजनभर बार्सिलोनाबाट उनले २० गोलमात्र गरेका थिए । लगातार कमजोर प्रतिद्वन्द्वीको सामना गर्दा अाफ्नो स्तरमा गिरावट अाउने चिन्ताले नेयमार चिन्तित छन् ।
विगत केही महिनादेखि रियल म्याड्रिडले नेयमारलाई स्पेन फर्कने विषयमा लगातार सम्पर्क गर्दै अाएको बुझिएको छ । बार्सिलोना जानुअघि रियलसँग पनि सम्पर्क रहेको उनले त्यसतर्फ जाने विषयमा भने निर्णय लिएका छैनन् । विश्व कीर्तिमानी रकम खर्चेको पीएसजीले भने नेयमारलाई रियल जान दिन एक शर्त राखेको बुझिएको छ ।

पीएसजीका अध्यक्ष नासेर अल खलिफाले पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेको खण्डमा नेयमार रियल जान पाउने बताएका छन् । पीएसजीले च्याम्पियन्स लिग जित्न विगत केही वर्षदेखि मोटो रकम खर्चदै अाएको छ । यधपी रियलले नेयमारलाई भित्र्याउन भने ठूलो रकम तिर्नुपर्ने हुन्छ ।
बार्सिलोनाबाट दुईपटक लिग उपाधि र च्याम्पियन्स लिग जितेका नेयमार सान्तोस हुँदै रियलका प्रशंसक थिए । तर, बार्सिलोनाबाट खेलिसकेका उनी रियलमा अाउँदा पुराना समर्थक भने रुष्ट हुने पक्का छ । त्यसका लागि पीएसजीको च्याम्पियन्स लिग उपाधि सपना र त्यसपछि रियल र पीएसजीको रकममा सहमति हुनुपर्छ । त्यो दुवै अहिलेको अवस्थामा कठिन देखिन्छ ।

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]