8 years ago
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको नकआउट फुटबल प्रतियोगितामध्ये मदन भण्डारी स्मृति इटहरी गोल्ड कप प्रतियोगितको फाइनल वर्षकै उच्च रोमाञ्चक खेल हुने अनुमान गर्न सकिन्छ । जहाँ घरेलु फुटबलमा लामो र सफल इतिहास बोकेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रि म्याच कन्फ्रेन्समा उपाधिका साथ दायाँबाट क्रमश : थ्री स्टार प्रशिक्षक मेघराज केसी, कप्तान विक्रम लामा, मनाङ कप्तान अनिल गुरुङ र प्रशिक्षक छिरिङ लोप्साङ । तस्बिर : दीलिप राईको फेसबुकबाट
यद्दपी यी दुई टोली झन्डै २ वर्षपछि एकअर्कोको सामना गर्दैछन् । २०७२ को राष्ट्रिय लिगयता यी दुई टोलीबीच प्रतिस्पर्धा भएको छैन । यद्दपी त्यसयता थ्री स्टारले भने मैदान बाहिर रहनुपर्ने परिस्थिति सृजना भयो । तर, यो बीचमा मनाङले आफुलाई घरेलु फुटबलमा मात्र व्यस्त राखेन गत वर्ष बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिपमा भाग लिएको थियो ।
घरलु फुटबलमा गत वर्ष सर्वाधिक ४ वटा नकआउट फुटबलको उपाधि जितेको मनाङले यो वर्ष पनि ४ वटा फाइनल खेल्दा २ वटा उपाधि उचालिसकेको छ । मनाङको यो वर्षको पाँचौं फाइनल हो । चितवनमा जेसिज कप र दुहबी गोल्ड कपको उपाधि जितेको मनाङ सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनलमा भने विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
पुनरागमनपछिको पहिलो प्रतियोगितामा क्वार्टरफाइनल भन्दा अघि बढ्न नसकेको थ्री स्टारले इटहरीमा भने सन्तोषजनक प्रदर्शन गरेको छ । धनगढीमा नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको क्वार्टरफाइनलमा आर्मीसँग पराजित थ्री स्टारले यसपटक त्यहि आर्मीलाई सेमिफाइनलमा आर्मीलाई हराएको थियो । जसले टोलीलाई उपाधिको दाबेदार मान्न सकिन्छ ।
२०७२ को राष्ट्रिय लिगको च्याम्पियनका हैसियतमा एएफसी कपको पहिलो चरण पार गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्तिका कारण थ्री स्टारले दोस्रो चरण खेल्न पाएन । जसको विरोध स्वरुप थ्री स्टारले ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गर्दै एन्फाले आयोजना गर्ने र स्वकृति प्रतियोगिता नखेल्ने निर्णय गर्यो । जसका कारण टोलीले कुनै पनि घरेलु प्रतियोगिता खेलेन ।
अन्ततः १ करोड ५० लाख रुपैयाँ क्षेतिपूर्ति दिन एन्फाको विशेष साधारण सभाले निर्णय गरेपछि थ्री स्टार घरेलु फुटबलमा गत महिना फर्केको थियो । थ्री स्टारमा एलेन न्यौपानेले पोस्ट सम्हाल्दै आएका छन् भने यो सिजन राष्ट्रिय टोलीका दुई युवा खेलाडी विमल घर्ती मगर र अनन्त तामाङ आबद्ध टोलीमा आबद्ध भएका छन् । कप्तान विक्रम लामा, निराजन खड्का, विजय धिमाल, रजिन जस्ता खेलाडी टोलीका मुख्य खेलाडी अहिले पनि छन् । केही विदेशी खेलाडीका कारण थ्री स्टार बलियो मानिएको छ ।
राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमाम रहेको मनाङमा केहि विदेशी खेलाडीका साथै पछिल्लो खेलबाट सन्तोष साहुखल थपिएका छन् । झन्डै दुई वर्षदेखि जापान बस्दै आएका सन्तोष केहि दिनअघि स्वदेश फर्केर इटहरी पुगेका थिए । सुजल श्रेष्ठ, विशाल राई, विराज महर्जन जस्ता खेलाडी मनाङका महत्वपूर्ण सदस्य छन् नै । टोलीको पोष्ट दीनेश थापामगरले सम्हाल्दै आएका छन् ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले फाइनल खेल्न टोली उत्साहित रहेको बताएका छन् । ‘थ्री स्टार राम्रो टोली हो र उनीहरु बलियो टोली हुन्’, शुक्रबारको प्रि म्याच कन्फ्रेन्समा उनले भने, ‘सन्तोषको उपस्थितिले हामीलाई थप उर्जा दिएको छ । हामीले मेहेनत गरेर खेल्नु पर्दछ र मौकामा गोल गर्नुपर्दछ ।’ सन्तोष जानुअघि थ्री स्टारमा आबद्ध थिए ।
अर्को तिर थ्री स्टारका प्रशिक्षक मेघराज केसीले पनि टोलीका लागि फाइनल महत्वपूर्ण रहेको बताए । ‘हामी डेढ वर्षपछि फुटबलमा फर्केका छौं’, उनले भने, ‘त्यसकारण समर्थकलाई खुसी पार्न पनि हामीलाई उपाधिको आवश्यकता छ । फाइनल पक्कै कठिन हुनेछ । तर, उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्ने हाम्रो योजना छ ।’
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने सर्वौत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । पुरस्कार राशी मोफसलको नकआउट फुटबलको वर्षकै सबैभन्दा ठूलो धनराशीको पुरस्कार हो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]