default_image

6 years ago

January 27, 2018

किरणले मिनरेभाबाट डेब्यु गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आफ्नो नयाँ क्लब मिनरेभा पन्जाबबाट आज डेब्यु गर्ने भएका छन् ।      किरणको टोलीले आई-लिग अन्तर्गत शनिबार नेरोका एफसीको सामना गर्दैछ । खेल नेरोकाको घरेलु मैदानमा नेपाली समयानुसार दिउँसो २:१५ बजे हुँदैछ। किरण खेलको लागि पहिलो रोजाइमा परेका छन् । नेरोका आईलिगको दोस्रो स्थानमा […]

17 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आफ्नो नयाँ क्लब मिनरेभा पन्जाबबाट आज डेब्यु गर्ने भएका छन् । 

 

 

किरणको टोलीले आई-लिग अन्तर्गत शनिबार नेरोका एफसीको सामना गर्दैछ । खेल नेरोकाको घरेलु मैदानमा नेपाली समयानुसार दिउँसो २:१५ बजे हुँदैछ। किरण खेलको लागि पहिलो रोजाइमा परेका छन् ।

नेरोका आईलिगको दोस्रो स्थानमा छ भने किरणको टोली शीर्षस्थानमा छ । दुई खेल कम खेलेको पन्जाब १ अंकले अगाडी छ । लिगको ९ खेल बाँकी रहेको अवस्थामा आजको खेलमा जित हासिल गरे किरणको टोलीले शीर्षस्थानमा बलियो पकड बनाउने छ ।

खेल स्टार स्पोर्ट्स २ मा प्रत्यक्ष प्रसारण हुनेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.