8 years ago
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको आइ लिग डेब्यू खेलमा उनको नयाँ क्लब मिनरेभा पञ्जाबले जित हासिल गरेको छ । निरोका एफसीलाई शनिबार १–० ले हराउँदै करिणको टोली आइलिगको शीर्ष स्थान थप मजबुत बनेको छ ।

दोस्रो मिनेटमा चेन्चो ग्याल्सेनले गरेको गोल खेलको निर्णायक बन्यो । घरेलु टोलीका दुई आक्रमणलाई किरणले रोक्दै टोलीको अग्रता जोगाएका थिए । लिगमा मिनरेभाले ४ अंकको स्पष्ट अग्रता लिएको छ ।
२ खेल कम खेलेको मिनरेभाको २५ र दोस्रो स्थानको निरोकाको २१ अंक छ । किरणको टोलीले आइलिगमा यो सिजन ८ खेल खेल्न बाँकी छ । गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टसबाट खेलेका किरण केहि दिन अघि भारतीय क्लबमा आबद्ध भएका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]