8 years ago
January 27, 2018
इटहरी (हाम्रो खेलकुद)– झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।
बुद्ध चेम्जोङले ३७ औं मिनेटमा गरेका गोलको अग्रतालाई जोगाउँदै थ्री स्टारले मोफसलको सर्वाधिक पुरस्कार राशीको इटहरी गोल्ड कप जितेको हो । एन्फासँगको कमजोरीका विरुद्ध झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले दोस्रो सहभागितामा उपाधि जित्न सफल भएको हो ।
यसै महिना धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिमाञ्चल गोल्ड कपमा टोली क्वार्टरफाइनलबाट बाहिरिएको थियो । मनाङको हकमा भने यो वर्षको पाँचौं फाइनल थियो । टोलीले २ उपाधि जित्दा तीनमा उपविजेतामा चित्त बुझाउनुपर्यो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]