default_image

8 years ago

January 27, 2018

अनन्त इटहरी गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

128 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – इटहरी शनिबार सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको छ ।

धनगढीको खप्तड गोल्ड कपमा आर्मीका नवयुग विरुद्द अनन्त

थ्री स्टारलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनन्तले २५ हजार सहित टेलिभिजन हात पारे । यो सिजन थ्री स्टारसँग आवद्ध अनन्त यसअघि मनाङबाट पनि खेलेका थिए ।

त्यस्तै प्रतियोगितामा मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, थ्री स्टारका एलेन न्यौपाने उत्कृष्ट गोलकिपर, मनाङका हेमेन गुरुङ उत्कृष्ट मिडफिल्डर र थ्री स्टारका विदेशी खेलाडी अजयी मार्टिन्स उत्कृष्ट स्ट्राइकर चुनिएका थिए । अजयी र मनाङका सुजल श्रेष्ठले समान ३ गोल गरेका थिए । थ्री स्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।

उपाधि विजेता थ्री स्टारले उपाधिसहित १२ लाख रुपैयाँ र मनाङले ६ लाख रुपैयाँ प्राप्त गर्यो । मोफसलको यो सर्वाधिक पुरस्कार राशीको नकआउट प्रतियोगिता हो । अर्को वर्ष इटहरी गोल्ड कपको विजेतालाई २५ लाख रुपैयाँ दिइने यसअघि नै घोषणा भइसकेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.