8 years ago
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा पोखरामा कोचिङ क्लिनिक हुने भएको छ । जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्राका क्रममा रहेका गौचन जापानको फनरुट्स फुटबल एकेडेमीमा आवद्ध छन् ।
टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी ताकेशी तोकाइरिन आइतबार नेपाल आउने छन् । काशिवा रेयसोलबाट जे लिग खेलेका तोकाइरिन एयरफोर्स टोकियोका पूर्व प्रशिक्षक हुन् ।
उनले र गौचनले पोखरामा चलिरहेको आहा रारा गोल्ड कपको क्रममा बुधबार कोचिङ कोर्ष सन्चालन गर्नेछन् । क्लिनिकमा इच्छुकले सहभागि हुन पाउने गौचनले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । तोकाइरिन अहिले विश्व विधालय फुटबलको प्रशिक्षणमा बढी सक्रिय छन् ।
सोही क्रममा अर्को वर्ष हुने आहा रारा गोल्ड कपमा जापानको विश्व विधालय टिम ल्याउनका लागि जापानी अतिथिद्वयले भौतिक पूर्वाधार लगायतका विषयमा निरिक्षण गर्ने गौचनले जनाए ।कोपा पुमा टोरेरोज फेस्टिभलमा सहभागिता जनाउने नेपाली युवा टोलीको छनोट पनि सोही अवसरमा गरिने गौचनले बताए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]