default_image

8 years ago

January 29, 2018

बिमल आज कोलकोता जाँदै

117 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)-  भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर आज कोलकोता तर्फ जाँदै छन्। काठमाडौँ नियमित उडान नभएपछि बिमल बागडोर हुँदै आज दिउसो १२:४५ को एअर इन्डिगोमा कोलकोता प्रस्थान गर्ने छन्। 

यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता गरेका बिमलले आई लीगमा अबद्द हुन पाउँदा आफु निकै हर्षित भएको हाम्रो खेलकुद डटकमलाई बताए । उनी भन्छन,’ नेपालमा घरेलु लीग नभएको अवस्थामा दक्षिण एसियाकै उत्कृष्ट लीगमा खेल्न पाउदा निकै खुसी छु,  मोहन बगानले मलाई निकै भरोसा गरेर भित्र्याएको छ र म उत्कृष्ट प्रदर्शन गर्न लालायित छु।’ उनले आज देखिनै नयाँ टोलीसँग अभ्यास सुरु गर्ने छन्।

मोहन बगानले आफ्नो प्रमुख स्ट्राइकर सोनी नर्ड सिजनको अन्त्यसम्म ठिक नहुने गरी घाईते भएपछि बिमललाई उनको स्थानमा अनुबन्धन गरेको हो। मोहन बगानले आई लीग अन्तर्गत सिलोंग लाजोंगसँग फेब्रुअरी ३ मा प्रतिस्पर्धा गर्ने छ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.