default_image

8 years ago

January 29, 2018

अलाभेसविरुद्ध बार्सिलोना विजयी, मेस्सीको निर्णायक गोल

129 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २-१ ले हराएको छ ।

पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित हांसिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि उसका दुई फरवार्ड लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे ।

भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई आश्चर्यजनक अग्रता दिलाएका थिए । तर ७२ औं मिनेटमा स्वारेजले घरेलु टोलीका लागि गोल गर्दै खेल बराबर पारे ।

त्यस्तै राम्रो लयमा रहेका मेस्सीले ८४ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । यस जितसँगै बार्सिलोनाको २१ खेलमा ५७ अंक पुगेको छ । बार्सिलोनाले आफ्नो शीर्ष स्थानमा पकड अझ बलियो पनि बनाएको छ ।

दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ४६ अंक छ भने तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक रहेको छ । २० खेल खेलेको साविक विजेता रियलको ३८ अंक रहेको छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.